एजेन्सी– श्रीलंकाको नवनिर्वा्चित राष्ट्रपति गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
अधिकारीहरुको अनुसार बिहीबार नै राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई सपथग्रहण गराउने भएका छन्। महिन्दा राजापाक्षेले सन् २००५ देखि २०१५ सम्म राष्ट्रपतिको पदमा रहेर श्रीलंकामा शासन गरेका थिए।
नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजिनामाको घोषणा गरेका थिए। विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाएका हुन्। महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ।
झण्डै दश बर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे राष्ट्रपतिमा निर्वा्चित भएका हुन्। श्रीलंकाली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षे दाई महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव थिए।