तस्विर राताेपाटी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ गरेका मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी्भित्र बाटै आलोचना भइरहेको छ।
नेकपाकै नेताहरुले कार्यसम्पादनलाई मापदण्ड बनाएर मन्त्री हटाउने आधार तय गरेको भनिए पनि प्रधानमन्त्री ओलीले त्यसो नगरेको आरोपे लगाउन थालेका छन्। मन्त्रीमण्डल पुनर्गठनलगत्तै नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको आरोप लगाए।
प्रभु साहको फेसबुक स्ट्याटस देख्दा लाज लागेको भन्दै साहको अभिव्यक्तिलाई केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन्।
रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ‘मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो। तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ।’ रिजालले साहलाई कसैले उनीसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ भनेर प्रश्न गरेकाक छन्।
सामाजिक सञ्जालमा रिजालले काशी तिवारी हत्याकाण्डको बिषयमा पनि केहीा कुरा गरेका हुनाले रिजालले यसमाथि पनि प्रश्न उठाउदै लेखेका छन् ‘अँ, साँच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ?’ २०६७ साल १२ असारमा हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीकोे वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो।