काठमाडौं — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्षकाे जिम्मेवारी प्रचण्डले सम्हाल्ने भएका छन् भने पाँच वर्षकाे लागि भने केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरिएकाे छ।
बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो। जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुने भएका छन्।