काठमाडौं– राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
त्यस्तै र मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले पनि राष्ट्रपति भण्डारीसमक्ष आयोगको आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले र अध्यक्ष दत्तले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।