काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुरु भएको छ।
बैठकमा सचिवालयका एकजना सदस्य उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल भने उपस्थित भएका छैनन्। सरकारी निमन्त्रणामा उपप्रधानमन्त्री पोखरेल शनिबार युएई प्रस्थान गरेका छन्।
यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी सुम्पने चर्चा पनि चलेको छ। यद्यपि कसलाई कार्यवाहक तोक्ने भन्न विषयमा भने खुलाइएको छैन।
पछिल्लो पटक नेकपा पार्टी एकताको बाँकी काम टुंगो लगाउने क्रममा छ। यसअघि विभिन्न विभागको प्रमुखको टुंगो लगाइसकेपनि प्रवास कमिटिको प्रमुखको भने टुंगो लाग्न सकेको छैन।