काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने भएको हो।
यसअघि शनिवार (हिजो) सचिवालय बैठक बस्ने भनेता पनि प्रधानमन्त्रीको डायलाइसिसका कारण आज फेरी बैठक बोलाइएको हो।
बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ।
नेकपामा केन्द्रीय विभाग, जनसंगठन र आयोगहरुले पूर्णता पाउन सकेको छैन।