काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज फेरी ग्रान्डी अस्पताल जाँदैछन्। गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन्।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाइ पनि प्रधानमन्त्रीले आफ्नो उपचारकोबारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि आज अस्पताल बोलाएका थिए।
गत कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो। त्यसपछि उनी नियमित डाक्टरहरुको नियमित निगरानीमा रहँदै अएका छन्। आज उनका मिर्गौलामा राखिएको स्टेन्ट झिक्नुको साथै नियमित जाँच हुने बालुवाटार स्रोतले बताएको छ।
उपचार गरिसकेपछि उनी १३ गते फर्केका थिए। त्यसपश्चात भने उनलाई डायलासिस भने गर्नुपरेको छैन। प्रधानमन्त्री ओलीले यदी नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थितीमा रहेका छन्। त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरुसँग परामर्श लिइरहेका छन्।
प्रधानमन्त्री निकट स्रोतको अनुसार उनले मिर्गौलाको थप उपचार अमेरिकामा गराउने विषयमा पनि बुझिरहेका छने। यसबारेमा बुझ्नको लागी उनका निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाह अमेरिका पुगेर फर्किसकेकी छिन्। १२ वर्ष अघि प्रधानमन्त्री ओलीले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। त्यसपछि उनले नियमित रुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आइरहेका छन्।