बागलुङ– उपनिर्वाचनमा स्वतन्त्र उमेदवार दिन लगाउने पार्टीका २ नेतालाई नेकपा बागलुङले कारवाही गरेको छ। नेकपा बागलुङको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
अध्यक्ष इन्द्रलाल सापकोटाको अनुसार पार्टी सदस्य तुल्सीराम अर्याललाई निलम्बन गरिएको छ र दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरी निश्काशन गरिएको छ।
अर्यालद्वयले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत प्रदेशसभा बागलुङ क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता गर्ने क्रममा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्ने हर्कत गरेका थिए।