काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई हेर्ने दृष्टीकोण समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको फरक फरकरहेको छ। राजपा नेपालसँग एकताबारे छलफल चलिरहेको बेला अध्यक्षद्वयको फरक फरक धारणा आएको हो।
अध्यक्ष उपेन्द्र यादवले लेखेका (कात्तिक २२ गते सार्वजनिक भएको) ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तकमा राजपाका नीतिगत, वैचारिक, सैद्धान्तिक र दार्श्निक आधार सोच र चिन्तन केही नदेखिए पनि संघीयता, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीकरण, पहिचानलगायतका मुद्दाहरुहरु भने उठाउने गरेको टिप्पणी गरिएको छ।
उनले भनेका छन्, पार्टीको नेतृत्व वर्गमा अत्यन्त न्युन वैचारिक स्तर, ढुलमुले र अवसरवादी चरित्र नै हावी भएकोले यस पार्टीमा हाल छजना अध्यक्ष रहेका छन्।’ तर समाजवादी पार्टी संघीय परिषद्को आज बसेको बैठकमा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको कार्यपत्रमा राजपा नेपाल राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल रहेको भनिएको छ।
उनले भनेका छन् ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन्। यस पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ। यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पु¥याउने प्रयत्न गर्नु पर्दछ।’