काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन्।
बुधबार काठमाडौंको मेरियट होटलमा उनिहरुबिच भएको भेटमा दुई मुलुकबीचको पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ।
सो भेटमा परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलगायतको सहभागिता रहेको थियो।
बुधबार नै यसअघि बंगलादेशका राष्ट्रपति हमिदले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।