काठमाडौं– महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ।
मंसिर १४ गते हुने उपनिर्वाचन उक्त पदमा जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन्।
जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवारी दिएको पुष्टि गर्दै लाउडस्पिकर (हर्न) छाप लिएर चुनाव लडेको जनाएका छन्।
सर्लाहीको हरिपुर्वा नगरपालिका १ को वडाअध्यक्ष पदमा पनि उम्मेदवारी दिएको उक्त पार्टीले बताएको छ। त्यहाँ दिनेश राय यादवले उम्मेदवारी दर्ता गराएका हुन्।