काठमाडौं – आज(बुधबार) संवैधानिक परिषद्को बैठक बस्दैछ।
परिषद् सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो बैठक बस्ने बताए।
तिमिल्सिनाले बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे छलफल हुने छ।
संविधानमा व्यवस्था भएअनुरूप आदिवासी जनजाति, मधेसी, महिला, दलित, थारू, समावेशी र मुस्लिम आयोगमा पदाधिकारी नियुक्त हुन बाँकी छ।
मधेसी, थारू र मुस्लिम आयोगका लागि अध्यक्ष नियुक्त भए पनि सदस्यहरू अझै नियुक्त भएका छैनन्।