हेटौंडा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने जनाएका छन्। नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको उनको भनाई छ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं। प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ।’
उनले सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन्। र त्यस्तै तत्काल सरकारले भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा छलफल गर्नुपर्ने सुनाए। उनले थपे, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ?
भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ कि छैन भन्नेतर्फ ध्यानोर्कषण गर्नुपर्ने नेता पौडेलले धारणा राखे।