काठमाडौं– नेपाल र अमेरिकाको संसदीय अभ्यासबारे आयोजित अन्तर्क्रीयामा नेपालका सांसदहरुले आफूहरुको अवस्था दयनीय रहेको गुनासो गरेका छन्। सांसद माया ज्ञवालीका अनुसार नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसासमेत नहुने बताइन्।
सांसदलाई साधन स्रोत केही नभएको र अमेरिका अहिलेसम्म नदेखेको जस्ता गुनासो राखेकी थिइन्। उनले आफूले रोजेको संसदीय समिति पनि नपाएको गुनासो गरेकी थिइन्।
सांसद लक्ष्मी परियारले नेपालमा प्रत्यक्ष निर्वा्चित सांसदलाई बढी प्राथमिकता दिने गरिएको तर समानुपातिक सांसदलाई विभेद गरिएको बताइन्। सांसद मानबहादुर विश्वकर्माले प्रधानमन्त्री र मन्त्रीहरुले बोलेको कुरा पूरा नगर्ने र विपक्षीको सरोकारलाई सुनुवाई पनि नगरेको गुनासो राखे।
नेपालका सांसदहरुले राखेको जिज्ञासाको जवाफ अमेरिकी पूर्वसांसद बब गुडलाडे र अमेरिकी संसदको सल्लाहकारमा ३६ वर्ष काम गरेका ब्राड स्मिथले जवाफ दिएका थिए। उनीहरुले अमेरिकाको संदमा ७ सय जना भन्दा बढीको अनुसन्धान टोली रहेको र एक जना सांसदको टिममा १८ जनासम्म अनुसन्धानकर्ता रहने बताएका थिए।