काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
हमिदलाई स्वागतका गर्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विमानस्थल पुगेकी छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपालको भ्रमण गर्न लागेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा नेपाल आएका हुन्।
बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो। दुई देशबीच द्विपक्षीय व्यापार सुरुआत भएको २३ वर्ष भयो। तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ। यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनः प्रवर्धन हुने जनाइएको छ।
राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिएको छ।