काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटमा उनीहरुबीच पार्टी एकताको काम टुंग्याउने विषयमा छलफल भएको बताइएको छ।
छलफलमा अध्यक्षद्वयबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति भएको नेकपाले जनाएको छ। उनीहरुबीच आइतबार दिउँसो झन्डै डेढ घन्टा छलफल भएको र आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतले जानकारी दिएको छ।
प्रचण्ड सोमबार चितवन जाने तयारीमा रहेको र उनी उताबाट फर्किएपछि नेकपाको सचिवालय बैठक बस्ने छ। नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। अन्य पार्टीका विभागमा पनि सदस्य चयन भइसकेको छैन।
प्रदेश ४ का प्रमुख अमिक शेरचन अनुशासन आयोगमा अमृत बोहोराले नेतृत्व पाउने बताइएको छ र बाँकी कुरामा मंगलबारको सचिवालय बैठकले निर्णय गर्नेछ।