काठमाडौं– नेपाली कांग्रेसले अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष बनाउनको लागि उक्त समिति गठन गरिएको कांग्रेसले जनाएको छ।
केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिको सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाललाई समावेश गरिएको छ।
कांग्रेसको अनुसारे निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना तथा प्रभावकारी कार्यान्वयन भएको वा नभएको र उपनिर्वाचन सुरक्षा व्यवस्थाबारे समितिले अनुसन्धान गर्नेछ।
समितिले उपनिर्वाचनको सुरक्षा व्यवस्थापन हेरी निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पार्टीको उम्मेदवार र सदस्यहरुलाई चुनाव प्रचारमा परिचालन गर्ने, मतदातालाई मतदान गर्न प्रेरित गर्ने, स्वतन्त्र मतदान र मतगणना व्यवस्थित गर्ने लगायतको काम गर्ने बताइएको छ।