काठमाडौं– मंसीर १४ मा हुने उपनिर्वाचनमा होमिने नेपाली कांग्रेसले बताएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले चुनावमा एक भएर लाग्ने निर्णय गरेको हो।
कांग्रेस पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालयायतका नेताहरुको उपस्थिति थियो। बैठकमा एकता र उत्साहसाथ उपनिर्वाचनमा होमिने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। जित हासिल गर्नको लागि कांग्रेसत्रित्र एकताको विकल्प नभएको शर्माले जानकारी दिए।
उपनिर्वाचनका लागि उम्मेदवार छान्ने बिषयमा असहमति जनाएका नेता पौडेल र सिटौला बैठकमा उपस्थिति भएकोले कांग्रेस एक भएको सन्देश प्रवाह भएको छ। आन्तरिक गुटका कारण पार्टी उम्मेदवारलाई असर नपरोस् भनेर कांग्रेसले एक भएर चुनावमा होमिन बैठक बसाएको थियो।