काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय परामर्श बैठकको आह्वान गरेका छन्। लिपुलेक लगायतका सीमा विवाद विषयमा नेपालको समान धारणा बनाउन उक्त बैठक बोलाइएको हो।
भारतको राजनितिक नक्सामा नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटिएको कारण नेपालमा भारतविरोधि प्रदर्शन भइरहेको छ। नेपाल सरकारले विज्ञप्ती निकाल्दै भारतको उक्त कदमप्रति असहमति जनाईसकेको छ। भारतले भने जवाफमा आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताएको छ।
प्रधानमन्त्री ओलीले यसै विषयमा छलफल गर्न सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन्। यसअघि नेपाली कांग्रेसले पनि भारतको कदमप्रति आपत्ति जनाइसकोको छ। कांग्रेस सभापति शेरवहादुर देउवाले भारतीय राजदूतलाइ टेलिफोन गरी कालापानी तथा लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पारीसकेका छन्।
विभिन्न संघ संगठनहरुले ‘गोे ब्याग इन्डिया’ जस्ता नाराहरुले लगाउँदै प्रदर्शन गरिरहेका छन्। भारतले जारी गरेको नक्साका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या गर्न सरकारलाई आग्रह गरेका थिए।
प्रधानमन्त्रीले सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन बैठक बोलाएको स्रोतले बताएको छ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरु सहभागि हुनेछन्।