कास्की– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्कीबाट नेकपाको लोकप्रियताको सन्देश दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनाएका छन्। प्रचण्डले पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कास्कीबाट देशभर सन्देश दिनुपर्ने बताएका हुन्।
उनले नेता तथा कार्यकर्तालाई सबैलाई निर्वाचनको लागि अहोरात्र खट्न आग्रह गरेका छन्। निर्वाचन सम्पन्न भएर परिणाम ननिक्लिदासम्म सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए। पार्टी उम्मेदवार विद्या भट्टराईलाई जितको शुभकामना दिँदै उनले नेकपा अझै लोकप्रिय र शक्तिशाली छ भन्ने सन्देश दिन हर प्रयास गरिने बताएका छन्।
‘उपनिर्वाचनलाई स्वच्छ र भयरहित बनाउनुपर्छ’ उनले बताए। कुराकानीमा प्रचण्डले बागलुङ २ नेकपाका नेताले बागी उम्मेदवारी दिएको भएपनि आफ्नो पार्टीले जनमोर्चालाई समर्थन गरेको कारण नेकपाले बागी उम्मेदवारी फिर्ता गर्ने प्रतिक्रिया दिएका छन्।