काठमाडौं– यौन दुर्व्यवहार गरेकाे आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। महराले आफ्ना आफन्तसँग स्वास्थ्य अवस्था ठिक नभएको बताएका छन्।
उनले कारागार बसाइको क्रममा आफू अस्वस्थ भएको भन्दै गुनासो गरेका हुन्। महराले रगतमा कोलेस्ट्रोलको मात्रा बढेको आफन्तलाई जानकारी गराएका हुन्। जिल्ला अदालत काठमाडौं आदेशानुसार डिल्लीबजार कारागारमा रहेका महरालाई रक्चचाप बढेको, कोलेस्ट्रोल पनि बढेको भनेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङसँग बताएको गुरुङले जानकारी दिएका छन्।
गुरुङसँगको भेटमा महराले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिने विषयमा कुरा गरेको बताइएको छ।