काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्ष्भित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने दावी गरेका छन्।
भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभामा बोल्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्ष्भित्र चार गुणाले बढाउने महत्वकांक्षी घोषणा गरेका हुन्।
गौतमले भने ‘बितेका २ वर्ष कानुन नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा खर्चियौं। अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी अघि बढ्छौं। सम्बृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्छौं। अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ।’
अहिले नेपालमा प्रति व्यक्ति आय वार्षिक १२ सय डलर मात्र छ। प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनको भना ई छ। सरकारले अब प्रत्येक महिना नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गरे।
नेकपा नेता गौतमले प्रमुख विपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको र विकास तथा समृद्धिको अभियानमा पनि रचनात्मक विपक्षी हुन नसकेको आरोप लगाए।
गौतमले भने ‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरुको पनि भत्काउँछ। कांगेसको चरित्र यसपाली त्यस्तै देखियो। सरकारका हरेक काममा अवरोध गरेको छ। सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन्। कांग्रेस रचनात्मक विपक्षी हुन सकेन।’
गौतमले भने ‘तपाईहरु डिपी ढकाललाई प्रदेश सभा सदस्यमा जिताएर पठाउनुस्, यो तीन वर्ष्भित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो। त्यसैले अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल।’