भक्तपुर– प्रदेश सभा सदस्य पदका लागि मङ्सिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवार मनोनयनपत्र दर्ता गर्न प्रमुख दलहरु र्यालीसहित निर्वाचन कार्यालय जाने भएका छन्। निर्वाचन आयोगको कार्यतालिले नेपाली काँग्रेस भक्तपुरले भक्तपुर क्षेत्र नं १को प्रदेशसभा(क) तर्फको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्न र्याली सहित जाने जनाएको छ।
काँग्रेसले त्यसका लागि बिहीबार बिहान साढे १० बजे कमलबिनायक चोकमा भेला हुने र र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने तयारी गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले १० बजे दुधपाटीमा भेला भएर र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने जनाएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भक्तपुरले कमल बिनायक भत्केको पार्टीमै भेला भएर र्यालीसहित भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क)तर्फको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन जाने तयारी गरेको छ। नेकपाले मनोनयनका लागि ११ बजे र्यालीसहित आयोगको कार्यलय पुग्ने जनाएको छ।
बिबेकशिल साझा, नेपाल मजदुर किसान पार्टी भक्तपुरले भक्तपुरले पनि छुट्छुटटै समयमा उम्मेदवारी मनोनयन दर्ताका लागि र्यालीसहित जाने जनाएका छन्।