काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले बुधबार पदाधिकारी बैठक बसिे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठ्ने उम्मेदवारको नाम तोकेको हो।
कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेलको नाम तोकिएको छ। धनराज गुरुङले उम्मेदवारी लिने बताइएतापनि अन्तिम समयमा स्थानीय नेतालाई उठाउन निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
त्यसैगरी प्रदेशसभा निर्वाचनका लागि बाग्लुङ २ (ख) मा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ )ख)मा केशव आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को (क) मा कृष्ण भँडेललाई उम्मेदवार बनाएको कांग्रेसले जनाएको छ।
सामान्य विवादकाबीच पनि उम्मेदवारको टुंगो लागेको बताइएको छ। उम्मेदवार टुंगो लगाउने विषयमा सहमति नहुँदा नेताहरु केहिबेर बैठकमा सहभागि नै नभएको बताइएको छ।