धरान– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लािग साझा पार्टीले धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार पत्रकार सम्मेलनमार्फत साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले धरानमा मेयरका लागि सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई उम्मेदवार घोषणा गरे।
साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उम्मेदवार घोषणा गरिसकेको छ।
धरान उपमहानगरपालिकाका बासिन्दा रहेका श्रेष्ठले आफू मेयरमा निर्वा्चित भएको खण्डमा धरान उपमहानगरपालिकाभित्र दीर्घकालीन खानेपानीको व्यवस्थापन गर्ने जनाएका छन्।
त्यसैगरी बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक कदम चाल्ने बताएका छन्। त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन्।