कास्की– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट कास्की–२ मा यसअघि उम्मेदवारको चर्चामा रहेका काँग्रेस नेता धनराज गुरुङले नउठ्ने घोषणा गरेका छन्। नेता गुरुङले उम्मेदवार छनोट गर्न बसिरहेको काँग्रेस पदाधिकारी बैठकमा पुगेर कास्की–२ मा आफू नउठ्ने बताएका हुन्।
कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा काँग्रेसका शीर्ष नेताहरु विभाजित छन्। मंगलबार दिनभर बसेको काँग्रेस पदाधिकारी बैठकले पनि केहीँ टुङगो नलगाएपछि आज पनि बैठक बसिरहेको छ।
गुरुङले बुधबारको पदाधिकारी बैठकमै पुगेर कास्की–२ बाट आफू पछि हट्दै स्थानीयलाई उम्मेदवार बन्ने मौका दिन सुझाव दिएका हुन्। सो कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पनि सार्वजकि गरेका छन्।
गुरुङले ‘मेरो उमेदवारीको चर्चा बारे !’ भन्दै लेखेका छन् ‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा मलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाको सन्दर्भमा पदाधिकारी बैठकमै उपस्थित भएर मैले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गरेकोछु ! पार्टी भन्दा व्यक्ति माथी कहिल्यै हुन सक्दैन।’