काठमाडौ–मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार छनोट गरेको छ।
कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गर्याे। सुनसरीको धरान उपमहानरपालिकाको मेयरका उम्मेद्वारमा प्रकाश राईलाई नेकपाले निर्णय गरेको छ । प्रदेश सभा सदस्य दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाएको छ।
भट्टराई यसअघि कास्की २ बाट निर्वा्चित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन। नेकपा सचिवालयको आइतबार बसेको बैठकले बाग्लुङ २ (ख) मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए।