काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका आकस्मिक मन्त्रिपरिषदको बैठक फेरि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटार स्राेतले ५ बजे बस्ने भनिएको बैठक अब साँझ साढे ६ बजे बस्ने भएको जानकारी दिएको छ।
दिउँसो ११ बजे बसिएको मन्त्रिपरिषदको नियमित बैठक लगभग डेढ घण्टा बसेर टुंगिएको थियो। त्यसपछि फर्किएका मन्त्रीहरुलाई अपरान्ह ५ बजे मन्त्रिपरिषदको अर्को बैठक पठाइएको थियो।
त्यसपछि फेरी दिउँसो ४ बजे बालुवाटारबाट मन्त्रीहरुलाई अर्को सूचना दिई बैठक साढे ६ बजेका लागि सरेको जानकारी गराइएको एक मन्त्रीले जनाए।