काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पाँच बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो।
अहिले बोलाइएको आकस्मिक बैठकका एजेण्डाबारे भने मन्त्रीहरु समेतलाई थाहा छैन्।