बलेवा– पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित भएका छन्। शनिबार बागलुङ बजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भविकला रोका, सचिवमा अर्जुन चोखाल, सहसचिवमा नारायण आचार्य, कोषाध्यक्षमा नरेश कँडेल निर्वाचित भएका छन्।
सदस्यमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमती घर्ती, गण्डकी थापा, कमला पुनमगर, वीरजंग भण्डारी, सञ्जय श्रेष्ठ र हीरा पुन रहेका छन्। आठ सदस्यीय आमन्त्रित सदस्यमा विजय राना, झमन पाण्डे, खिमबहादुर थापा, टीका संगम विक, राजु आचार्य, जीतबहादुर क्षेत्री, कौशिला पुन र ज्ञानेन्द्र ढकाल चयन भएका छन्।
तीन सदस्यीय लेखा समिति संयोजकमा विष्णु अधिकारी रहेका छन्। सदस्यमा टेकबहादुर क्षेत्री, केशव कार्कीलाई मनोनित गरिएको समितिले जनाएको छ। बागलुङको पर्यटन विकासमा सहयोग पुया्उन भन्दै एक वर्ष अघि बनेको तदर्थ समितिले सबै प्रक्रिया पूरा गरेर पहिलो अधिवेशन गरेको हो।
रासस