काठमाडौं — प्रधानमन्त्री ओलीको बालुवाटारमै डायलाइसिस गरीने भएको छ। डायलासिसका लागि बालुवाटारमै मेसिन जोड्ने तयारी भइरहेको बताइएको छ।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले बिहान बालुवाटारमा बैठक गरेका थिए। बैठकमा मिर्गौला रोग विशेषज्ञसमेत रहेकी क्याबिनेट चिकित्सक डा. दिव्या सिंह शाह, अर्का चिकित्सक डा दिलिप शर्मा र प्रमको २५ वर्षदेखि निजी चिकित्सकका रुपमा रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी लगायतका चिकित्सको छलफलमा स्वास्थ्योपचार र व्यवस्थापनबारे छलफल गरेका हुन्।
मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओलीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा दुई दिन राखिएको थियो। त्यो अवधिमा दुईपटक हेमोडायलासिस गरिएको थियो। उनी हिजो बेलुका मात्रै ग्राण्डीबाट निवास बालुवाटार फर्केका छन्।
प्रम ओलीको नियमित डायलाइसिस गर्नुपर्ने वा नपर्नेबारे शुक्रबार बेलुकासम्म आउने रगतको रिपोर्ट आएपछि टुंगो गरिने बताइएको छ। बालुवाटारमा भएको चिकित्सको बैठकमा सहभागी एक चिकित्सकले भने, अब उनलाई नियमित डाइलासिस गर्नुपर्छ। जसका लागि बालुवाटारमौ डाइलासिस मेसिन सेट गर्नुपर्ने हुन्छ।
त्यसबाहेक सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलका चिकित्सकसँग पनि परामर्श भइरहेको बैठकमा सहभागी ती चिकित्सकले बताए। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य पछिल्ला दिनमा छिटो छिटो बल्झिँदै गएको छ।