काठमाडौं– योन र्दुव्यवहारको आरोपमा परेका पूर्व सभामुख कृष्णबहादुर महराको अदालती बयान शुरु भएको छ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीको अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा बयान लिन शुरु गरिएको छ।
महराको बयान सकिए सम्भवत आजै थुनछेक बहस शुरु हुने छ। थुनछेक बहस सकिएपछि अदालतले महरालाई थुनामा पठाउने, धरौटी तिराइ तारेखमा रिहा गर्ने वा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश जारी गर्ने छ।
प्रहरीले करिब १ महिना लामो अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध बलतकारको प्रयास र ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा अधिकत्म ७ वर्ष ६ महिना कैद सजाय माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको थियो।