काठमाडौं– विहीबार साँझसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रयाण्डी असपतालबाट डिस्चार्ज गरिने भएको छ।
आज दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री ओालीलाई भेट्न अस्पताल पुगेका थिए।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसंग भेट गरेपश्चात पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको डाइलासिस प्रक्रिया पूरा भएको र उनी केही बेर आराम गरी आजै डिस्चार्ज हुने बताए।
चिकित्सकले प्रधानमन्त्रीको अबस्था सामान्य रहेको बताएको उनले उल्लेख गरे। अब मृर्गौलाको प्रत्यरोपण गर्ने वा के गर्ने भन्ने विषयमा चिकित्सकसँग सल्लाह गरेर निश्कर्षमा पुग्ने जानकारी दिए।