काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पतालमा पुगेका छन्।
नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको स्वास्थ्य अवस्था बुझ्न उनी उपचचाररत ग्राण्डी अस्पताल पुगेका हुन्। तर उनलाई भने भेट्न पाएनन्।
नेकपा प्रवक्ता श्रेष्ठको अनुसार अस्पतालका निर्देशक चक्र राज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्।
चिकित्सकहरुले प्रधानमन्त्री ओलीको अवस्था हाल ठीक रहेको आफूलाई जानकारी दिएको प्रवक्ता श्रेष्ठले बताए। नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको जनाए।