पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपावली, छठ, तथा ल्होसारकाे अवसरमा शुभकामना सन्देश दिएका छन्। मुख्यमन्त्री गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको बताएका छन्।
दीपावली तथा नेपाल संवत् छठ, इद र ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे। नेपाल संविधानतः धर्म निरपेक्ष राष्ट्र रहेको भन्दै मुख्यमन्त्री गुरुङले चाडपर्वबाट आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम हुने अपेक्षा गरेको जनाए।
प्रदेशमा रहेका पछौटेपन, अविकाश र गरीबी जस्ता समस्याको सामाधान गर्ने तथा विकास र समृद्धियुक्त बनाउने प्रतिबद्धता गरेका छन्। शुभकामना सन्देशमा उनले भने, ‘यस सङ्कल्पलाई साकार पार्न सबै नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु।’