काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो? प्रचण्डको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने? भनेर प्रश्न गरेका छन्।
शुक्रबार तत्कालीन माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले विराटनगरको एक कार्यक्रममा आफू ओरिजिनल माओवादी नभएको बताएका थिए। तत्कालीन माओवादीमा रहँदा प्रचण्डका सहकर्मीसमेत रहेका भट्टराईले प्रचण्डले कुनै दिन आफूलाई ओरिजिनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ने टिप्पणी गरेका छन्।
डा.भट्टराईले ‘मेरा परम मित्र प्रचण्डलाई केही प्रश्न’ भन्दै ट्वीट गरेका छन्। ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो? यो तालले त कुनै दिन तपाईंले आफूलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला। किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो।’
डा. भट्टराईले लेखेका छन्, ‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन। आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने?’ भट्टराईले लेखेका छन्, ‘आफूलाई चौमको मदन भण्डारी पनि भन्न भ्याउनुभएछ। पछि मदन र म सानैमा छुट्टएिका एउटै आमाका सन्तान पनि भन्ने हो कि? यसरी माछा देखे भित्र हात, सर्प भए बाहिर हात कहिलेसम्म?’
https://twitter.com/brb1954?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1187779879548280832&ref_url=https%3A%2F%2Fwww.onlinekhabar