रौतहट– वम विस्फोटमा भएका घाइतेहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद एवम् पुर्वमन्त्री मोहम्मद आफताब आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएका छन्।
शुक्रबार म्याद थपका लागि अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई सांसद आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन।’
अदालतले ज्यानमरेको सहित तीन मुद्दामा अनुसन्धान गर्न थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको बेला राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको थियो।