काठमाडाै- विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ। संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ।
जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरेको छ। सदस्यता वृद्धिलाई तीव्र बनाएको छ।
चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको काभ्रे जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिए। राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन गरिरहेको उनले बताए।