रौतहट– २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा निलम्बित सांसद मोहम्मद अफ्ताव आलम अहिले प्रहरी हिरासतमा रहेका छन्।
उनीमाथि प्रहरी अनुसन्धान भइरहेको छ। तर रौतहट काङ्ग्रेस कार्यकर्ताले उनलाई फसाउन खोजिएको भन्दै प्रदर्शन गर्ने तयारी गरेका छन्। आलम पक्राउ विरुद्धमा भोली उनीहरुले कालोपट्टीसहित प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ।
पार्टी जिल्ला सदस्य सुुमन गौतमका अनुसार नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिने छ। गत असोज २६ गते प्रहरीले आलमलाई अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट दुईपटक म्याद थप गरिसकेको छ।
थप म्यााद फेरि सकिएको कारण आलमलाई भोली पुनः अदालतमा पेस गरिँदैछ।