काठमाडौं– नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष नआएपछि बैठक रोकिएको बताइएको छ।
बैठकको लागि सभापति शेरबहादुर देउवा लगायतका नेताहरु जम्मा भएका थिए तर पौडेल पक्षका नेताहरुको उपस्थिति नभएपछि बैठक कार्तिक १४ गतेसम्मका लागि बैठक रोकिएको हो।
आज बोलाइएको नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक कार्तिक १४ गतेसम्म्का लागि स्थगित भएको छ ।पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो।
केन्द्रीय सदस्य प्रदिप पौडेललेका अनुसार विभाग बनाउने विषयमा पौडेल पक्षको आफ्नै अडान भएका कारण बैठक बस्न नसकेको हो। सुशील कोइराला नेतृत्वको कार्यसमितिले बनाएका २८ वटा विभाग बनाउने प्रस्ताव देउवा पक्षले गरेको छ। पौडेल पक्ष उक्त प्रस्तावमा सहमत छैन।