सुर्खेत– कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइपुगेका छन्।
उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले विमानस्थलमा स्वागत गरेका थिए। उनले आज सुर्खेतका धार्मिक पर्यटकीयस्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकन गर्ने छन्।
सिङ्जा महोत्सव उद्घाटनको क्रममा तत्कालीन सिङ्जाको संस्कृति र सभ्यताको वास्तविक इतिहासका लागि उपराष्ट्रपति पुनमार्फत सरकारलाई भग्नावशेषको उत्खननका लागि अनुरोध गरिने बताएकोछ।
रासस