कैलाली– सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ। दुई वटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको हो।
थापाले ती महिलालाई डार्लिङ मात्रै भनेका छैनन् पटक–पटक यौन सम्बन्ध राखेको पुष्टि हुने गरी छिल्लिएका छन्। आठ मिनेट लामो टेलिफोन संवादको संक्षिप्त रूप यस्तो छ ।
महिला किन फोन काटेको?
थापा घरबाट छोरा आएको थियो बोलाउन, त्यसैले काटेको के! घर नजिकैको होटलमा अलिअलि खाँदैछु।
महिला बूढी कता छिन्?
थापा घरमै।
महिला तपाई माया नै गर्नु हुन्न?
थापा किन गर्दिनँ, गर्छु त।
महिला स रक्सी खाएको बेला मात्रै त हो, म हजुरले भनेका बेला भेट्न आउँछु। थापा ः अरे बाबा माया गर्छु क्या! हजुर जस्तो जहाजमा आउने हैसियत छैन। बरु भनिबक्स्यो कहिले आऊँ!
महिला म भोलि नै आउनु भन्छु।
थापा ः ल ल टिकट पाए भोलि नै आउँछु।
महिला खोइ माया गर्नु हुन्न।
थापा सबै भइसकेको छ अनि कस्तो माया चाहियो?
महिला त्यत्ति मात्रै हो र माया भनेको?
थापाले मेरो जीवनमा तिमी बाहेक अरू कोही छैनसम्म भन्न भ्याउँछन्। साथीहरूसित छु, सबै चिज गरिसकेको छु, अब कस्तो माया चाहियो भन्दा महिला अरूको अघि आफ्नो कुरा भनेकाले होला रिसाएर फोन काट्छिन्।
अनि थापा रक्सी खाँदै गरेका आफ्ना साथीहरूसँग भन्छन् ‘महिलाहरू आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउँछन्। यो महिला अर्बपति छ, नेवार समुदायकी हो। निकै राम्री पनि छ। यिनीहरूको अष्ट्रेलियातिर समेत कारोबार छ। श्रीमान् छैन, एक छोरी छ। मैले नेपालगञ्ज आऊ भन्ने बित्तिकै काठमाडांैबाट जहाजको टिकट काटेर आइहाल्छे।
फोनमा बारबार ती महिलाले माया नगरेको गुनासो पोख्छिन्। सांसद थापाले जवाफ दिँदै भन्छन् ‘मैले कम माया गरेको छु र? महिलाले आफ्नो पैसा ब्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत राखेकी छन्।
दुई विवाह गरेका थापाले जेठी श्रीमती र दुई छोरालाई अंश समेत नदिएर अलपत्र पारेका छन् भने कान्छी श्रीमती टीकालाई लम्कीचुहा नगरपालिकाको उपमेयर बनाएका छन्।
राजनीतिज्ञ भन्दा बढी व्यवसायी मानिने ५२ वर्षीय थापा र उनकी प्रेमिकाबीच केही महिना पहिलेको यो अडियो अहिले कैलालीका नेकपा कार्यकर्ताको हातहातमा रहेको खबर जनआस्था साप्ताहिकले छापेको छ।