कैलाली– नेपालको सुदूरपश्चिम विकासमा आझेलमा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। उनले अबको विकास सुदूरपश्चिम लक्षित हुनुपर्नेमा जोड दिए।
धनगढी विमानस्थलमा शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा उनले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने अभिव्यक्ति दिए। सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माण गर्दा मध्यनजर गर्नेपर्ने उनले बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्ने धारणा राखे।
उनले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको स्पष्ट पार्दै मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको प्रतिक्रिया दिएका छन्।