काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरेकोले उनले अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने छ।
नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुनेगरी जिम्मेवारी तोकेकी हुन् । (रासस)