काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा थाइल्याण्डको बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलमा केही बेर रोकिँदा राजदूत गणेशप्रसाद ढकालले स्वागत गरेको छ।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।
राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमण गर्दै छन्। (रासस)