एजेन्सी - बलिउड फिल्मको पहिलो हिरोको रुपमा सन् १९११ अक्टोबर १३ मा स्थापित सुपरस्टार हुन् अशोक कुमार। भागलपुर बिहारमा जन्मिएका कुमुदलाल गांगुली नामका अभिनेता फिल्म ‘जीवन नैया’ बाट अशोक कुमार बने।
सन् १९४३ मा रिलिज भएको फिल्म किस्मतले बक्स अफिसको सबै रेकर्ड तोड्दै १ करोड भारुको कमाई गरेको थियो। फिल्मसँगै जताततै चर्चामा आउन थालेका कुमार सबैको पहिलो रुचीमा परे। उनलाई सबैले दादामुनीको नामले पनि चिन्ने गर्थे।
मुम्बईमा हिरो नभई प्राविधिक बन्न आएका कुमार भाग्यले डोराएर नायक बने र हेर्दा हेर्दै सुपरस्टार पनि भए। त्यती बेलाको समयमा उनको स्टाइल, डायलग मानिसहरुको मुख मुखमा झुण्डिन्थ्यो।
सन् १९९९ मा उनले भारत सरकारबाट फिल्मी क्षेत्रमा दिएको योगदानको कदर गर्दै पद्म भुषण अवार्ड प्राप्त गरेका थिए।