काठमाडौं — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एक्लै भेटवार्ता गरेका छन्।
अध्यक्ष प्रचण्डसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुसँगको संयुक्त भेटपछि प्रचण्ड र सीबीच एक्लाएक्लै भेट भएको हो। भेटमा आपसी हित र सम्बन्धको बारेमा कुरा भएको उनको सचिवालयले जनाएको छ।
प्रचण्डसँगको भेटसँगै अहिले चिनीया राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधमण्डलबीच उच्चस्तरीय वार्ता चलिरहेको छ । उच्चस्चरीय वार्तापछि दुई देशबीच आपसी सम्झौता हुने छ।
दुईदिने राजकीय भ्रमणको लागि हिजो नेपाल आएका चिनीया राष्ट्रपति सी आइतबार चीन फर्किने छन्।