काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ राष्ट्रपति भण्डारीसँग भेट गर्न सी शीतल निवास पुगेका हुन।
भेटमा नेपाल–चीन सम्बन्ध लगनएतका विविन्न विषयमा छलफल भएको छ। राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणमा सी शनिबार अपराह्नमा नेपाल आएका थिए।
दुई दिनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तालिका रहेको छ।

शीतल निवासको भिजिटर नोटमा हस्ताक्षर गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ ।