काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण आजदेखी शुरु हुँदैछ। उनको स्वागत र सुरक्षाको लागि सरकारले भव्य तयारी गरेको छ। यसक्रममा सडक किनारा पनि खाली गराइने भएको छ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आइपुग्दैछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन्।
त्यहाँबाट चिनिया राष्ट्रपती होटल सोल्टी जानेछन्। त्यसपछि शीतल निवासमा नेपालकी राष्ट्रपती बिद्या भण्डारीसँग भेटवार्ता हुनेछ।
महानगरिय प्रहरी परिसरका काठमाडौंका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ।
राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए।