काठमाडौं– नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ। विहीवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल अमेरिका सम्बन्ध लगायतका विषयमा कुराकानी भएको छ।
बेरीसँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा राख्दै सभापति देउवाले भेटमा नेपाल–अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भएको जानकारी दिएका छन्।